PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

प्रकाशचन्द्र लोहनीले भने–कम्युनिष्टको डिएनए नै अधिनायकवाद



पहिलोपोस्ट

प्रकाशचन्द्र लोहनीले भने–कम्युनिष्टको डिएनए नै अधिनायकवाद

जनकपुरधाम :   एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले संवैधानिक संरचनालाई भागबण्डाको राजनीतिबाट मुक्तिका लागि प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन र राजसंस्थालाई राष्ट्राध्यक्षका रूपमा राख्ने शासकीय संरचनाको नीतिद्वारा निर्देशित गरिनु पर्ने बताएका छन्। 

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लोहनीले धर्म निरपेक्षताको नाममा खुलेआम सांस्कृतिक स्रोत केन्द्रलाई भताभुङ्ग पार्ने क्रियाकलाप भइरहेकाले नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने बताए। 

उनले कम्युनिष्टको डिएनए नै अधिनायकवाद भएकाले नेपालका कम्युनिष्टहरू पनि सोही अवधारणालाई लाद्ने खेलमा लागेको आरोप लगाए।रासस 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell