PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

रोल्पामा सिंचाई राज्यमन्त्री अमरसिंह पुनलाई लक्षित गरी बम प्रहार



पहिलोपोस्ट

रोल्पामा सिंचाई राज्यमन्त्री अमरसिंह पुनलाई लक्षित गरी बम प्रहार

काठमाडौं :  रोल्पामा सिंचाई राज्यमन्त्री एवम् कांग्रेस उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरी बम प्रहार भएको छ।

चुनावी प्रचारप्रसारमा रहेका सिंहलाई रोल्पाको सुवर्णवती गाउँपालिका–१, घोडागाउँमा अज्ञात समूहले सुतली बम प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी ज्ञानेन्द्र फुयाँलले बताए। उनले भने‘सुतली बम हानेको देखियो, मन्त्रीज्यूको अवस्था सामान्य छ।’

करिब मध्यान्ह साढे १२ बजेतिर डाडाँबाट लुकेर केही समूहले मन्त्री सिंहलाई बम प्रहार गरेका थिए। यसअघि रोल्पामा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र रुकुममा माओवादी नेता जनार्दन शर्मालाई लक्षित गरी बम प्रहार भएको थियो। त्यस्तै, भोजपुरमा नेकपा एमालेका नेता शेरधन राईमाथि पनि बम प्रहार भएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell