PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

चरा ठोकिएपछि भारतमा इन्डिगो एयरको विमान आकस्मिक अवतरण



पहिलोपोस्ट

चरा ठोकिएपछि भारतमा इन्डिगो एयरको विमान आकस्मिक अवतरण

नयाँदिल्ली :  भारतको दक्षिणी राज्य तामिल नाडूबाट १३४ यात्रु र सात जना चालक दलका सदस्यसहित कतारको दोहाका लागि उडेको विमानमा चरा ठोकिएपछि आकस्मिक अवतरण गराइएको छ। 

तामिल नाडूको विमानस्थलबाट विमान उडेको केही समयमा नै विमानमा चरा ठोक्किएको थियो। चरा ठोक्किएपछि विमानलाई पुनःफर्काएर सोही विमानस्थलमा अवतरण गराइएको थियो। 

चेन्नई –दोहा इन्डिगो फ्लाइट बिहीबार बिहान सवा २ बजे उडेको थियो। पछि विमानमा चरा ठोक्किएपछि पुनःअवतरण गराएर अर्को विमानमा यात्रुलाई राखी उडान सञ्चालन गरिएको थियो। 

विहान सवा ४ बजे पुनःअर्को विमानबाट उडान भरिएको थियो। चरा ठोक्किएको विमानमा सामान्य दाग देखिएको छ। उक्त विमान मर्मतका लागि ग्राउण्डेड गरिएको बताइएको छ। रासस/सिन्ह्वा

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell