PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

जिम्बावेकाे शासन सत्ता सेनाको हातमा, राष्ट्रपति मुगाबे घरमै नजरबन्दमा



पहिलोपोस्ट

जिम्बावेकाे शासन सत्ता सेनाको हातमा, राष्ट्रपति मुगाबे घरमै नजरबन्दमा
फोटो श्रोतः buzzsouthafrica.com

हरारे :  जिम्बावेको सेनाले सत्ता हातमा लिएको छ। बुधबार बिहान  सरकारी सञ्चारमाध्यमलाई नियन्त्रण गरेको सेनाले रातिसम्ममा सत्ता हत्याएको हो। 

सेनाले सत्ता हातमा लिएपछि राष्ट्रपति रोबर्ट मुगाबेलाई घरैमा नजरबन्द गरिएको छ। तर उनले आफू सकुशल रहेको जानकारी दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकब जुमालाई दिएका छन्। 

जिम्बावेको सेनाले देशको शासन सत्ता नियन्त्रणमा लिएपछि बुधबारदेखि नै यहाँका राष्ट्रपतिको अवस्थाको बारेमा विभिन्न अनुमानहरु गरिएका थिए। 

बुधबार राति राष्ट्रपति जुमाले जिम्बावेका राष्ट्रपति मुगाबेसँग आफ्नो टेलिफोन वार्ता भएको बताएका छन्। राष्ट्रपति मुगाबेले आफू निवासमै नजरबन्दमा सकुशल रहेको बताएका थिए। 

जिम्बावेको राजधानी हरारेका सडकहरुमा सेनाका सवारी साधनमात्र देखिएका छन्। सडकहरुमा सवार र अन्य सैनिकहरुले सडकमासमेत गस्ती गरिरहेका देखिन्छन्। 

उता अफ्रिकी संघले जिम्बावेको सेनाले सत्ता लिएको जनाएको छ। साथै संघले जिम्बावेको सेनालाई कारवाही रोक्न आह्वान पनि गरेको छ। 

सरकारी टेलीभिजनमार्फत जिम्बावेका एकजना सैनिक जर्नेलले सेनाले विद्रोह नगरेको बताएका छन्। उनले यहाँका राष्ट्रपति रोबर्ट मुगाबे सुरक्षित रहेको पनि टिभीमार्फत सार्वजनिक गरेका छन्। 

यहाँको सेनाले औपचारिकरुपमा के गरिरहेको हो भन्ने बारेमा केही बताएको छैन  त्यसैगरी अहिले भइरहेको सैनिक कार्वाहीको नेतृत्व पनि कसले गरिरहेको छ भन्ने कुरा स्पष्ट छैन। रासस/एएफपी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell