PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

यू-१९ एसिया कप : डिएल मेथडमा बंगलादेशलाई २ रनले हराउँदै पाकिस्तान फाइनलमा



पहिलोपोस्ट

यू-१९ एसिया कप : डिएल मेथडमा बंगलादेशलाई २ रनले हराउँदै पाकिस्तान फाइनलमा

काठमाडौं : समूह चरणमा अपराजित रहेको बंगलादेशलाई डर्क वर्थ लुइस (डिएल) मेथडको आधारमा २ रनले पराजित गर्दै पाकिस्तान मलेसियामा भइरहेको एसीसी यू-१९ एसिया कपको फाइनलमा प्रवेश गरेको छ।

२७५ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिहरेको पाकिस्तानले ३९ ओभरमा ५ विकेट गुमाएर १९९ रन बनाउँदा वर्षाले खेल प्रभावित भएपछि पाकिस्तानलाई डिएल मेथडको आधरमा विजेता घोषणा गरिएको हो।
 

पाकिस्तानले अब नेपाल र अफगानिस्तानबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ।

मलेसियाको किनरार ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले पिनाक घोषको ८२ रन मद्दतमा ६ विकेट गुमाएर २७४ रन बनाएको थियो। यस्तै अफिफ होसनेले नटआउट ५२ रन बनाएका थिए। पाकिस्तानका लागि मुनिर रियाजले ३ विकेट लिए।

२७५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले कमजोर शुरुवात गरेपनि मुहम्मद तहाले ९२ रन बनाएपछि गतिलो जवाफ फर्काएको थियो। पाकिस्तानले ५१ रन बनाउदा ३ विकेट गुमाइसकेको थियो। तर चौथो विकेटका लागि तहाले रोहल नजिरसँग ६९ तथा पाँचौ विकेटका लागि साद खानसँग ७७ रनको साझेदारी गरेका थिए। नजिरले २६ रन बनाए। भने साद खानले ३५ रनमा नटआउट रहे।

बंगलादेशका लागि क्वाजी ओनिक इस्लामले २ विकेट लिए।

दोस्रो सेमिफाइनल खेल भोली हुनेछ। फाइनल खेल आगामी आइतबार पाकिस्तान तथा नेपाल र अफगानिस्तानबीचको विजेताबीच हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell