PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

३५ हजार अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ



पहिलोपोस्ट

३५ हजार अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ

मकवानपुर :  प्रहरीले ३५ हजार अमेरिकी डलरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

प्रहरीले काठमाडौंबाट हेटौंडा हुँदै वीरगंज गइरहेको ना ६ ख ६२९१ नम्बरको यात्रु बसमा सवार २५ वर्षीय शेषनाथ प्रसादको साथबाट अमेरिकी डलर बरामद गरेको हो।

बस चेकजाँच गर्दा प्रसादले जुत्ताभित्र लुकाएको अवस्थामा सो रकम फेला परेको थियो। उनलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुरमा बुझाउने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell