PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

तीन वटै फर्ममा स्ट्रोङ छौँ, अफगानिस्तानसँग खेल्नुअघि कुनै प्रेसर छैन : प्रशिक्षक विनोद दास



पहिलोपोस्ट

तीन वटै फर्ममा स्ट्रोङ छौँ, अफगानिस्तानसँग खेल्नुअघि कुनै प्रेसर छैन : प्रशिक्षक विनोद दास
फोटो : एनएसजेएफ

काठमाडौं : एसीसी यू-१९ युथ एसिया कपको दोस्रो सेमिफाइनलमा नेपालले भोली अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। समूह चरणमा भारत जस्तो बलियो टिमलाई हराएर इतिहास बनाएको नेपाल सेमिफाइनलमा अफगानिस्तान विरुद्ध अप्रत्यासित नतिजा निकाल्ने दाउमा छ।

खेल हुनु एक दिन अघि नेपालका प्रशिक्षक विनोद दासले अफगानिस्तान विरुद्को खेल एकदमै महत्वपूर्ण भएको तर कुनै प्रेसर नभएको बताएका छन्। उनले पछिल्लो पटक अफगनिस्तानले नेपाललाई लगातार दुई पटक पराजित गरेपनि भोलीको खेल फरक हुने बताए।

'वर्तमान समयमा अफगानिस्तान राम्रो टिम हो। केही महिना अगाडी हामीलाई उनीहरुले लगातार दुई पटक हरायो। तर भोली फरक हुनेछ।' दासले आत्मविश्वासका साथ भनेका छन्। 'अहिले हामी ब्याटिङ, बलिङ र फिल्डिङ तिनवटै फर्ममा स्ट्रोङ बनिरहेका छौँ। हामी प्रतिस्पर्धात्मक खेलको हुने अपेक्षामा छौँ।'

आफूहरुसँग प्लान रहेको र त्यसैलाई खेलमा लागु गर्ने बताए। 'व्यक्तिगत रुपमा सबै खेलाडीलाई आफ्नो रोल थाहा छ र उनीहरुले राम्रो खेल्नेछन्।' दासले भने। 'खेलअघि हामीलाई कुनै प्रेसर छैन। सबैले आफ्नो बेस्ट गेम खेल्नेछन्।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell