PahiloPost

Jun 24, 2026 | १० असार २०८३

राष्ट्रपति भण्डारी यूएर्इको चार दिने भ्रमण पूरा गरी स्वदेश फिर्ता

राष्ट्रपति भण्डारी यूएर्इको चार दिने भ्रमण पूरा गरी स्वदेश फिर्ता

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सको चार दिने भ्रमण सकेर आज स्वदेश फर्केकी छन्।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधानमन्त्री विजयकुमार गच्छदारलगायतले स्वागत गरेका थिए। 

दुर्इ राष्ट्रबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेको अवसरमा उनले भ्रमण गरेकी थिइन्।


राष्ट्रपति भण्डारी भ्रमणका क्रममा युएर्इका युवराज शेख मोहमद विन जायद अल नायन, संघीय राष्ट्रिय परिषद्का सभामुख डा. अमाल अल कुबैसीलगायतका उच्च अधिकारीसँग भेटवार्ता गरेकी थिइन्। भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले दुबई वाटर क्यानलकोसमेत अवलोकन गरेकी थिइन्।
 

 



ट्रेन्डिङ पोस्ट

Ncell