PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

विश्वकप फुटबलको ड्र डिसेम्वर १ मा हुने, यस्तो छ चार पटमा रहेका टिमको सूची



पहिलोपोस्ट

विश्वकप फुटबलको ड्र डिसेम्वर १ मा हुने, यस्तो छ चार पटमा रहेका टिमको सूची

सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबल खेल्ने ३२ वटै राष्ट्रको टुङ्गो लागिसकेको छ। आयोजकको हैसियतमा रुस स्वत छनोट हुँदा बाँकी ३१ राष्ट्रले छनोट चरण परा गर्दै फुटबलको महाकुम्भमा स्थान बनाएका हुन्।

अब प्रतिक्षा छ ग्रप स्टेज ड्र को, त्यसका लागि ३२ राष्ट्रलाई ८-८ टिमको चार वटा पटमा विभाजन गरिएको छ।

विश्वकपका लागि ड्र आगामी डिसेम्वर १ मा रुसको मस्कोमा हुनेछ।

सन् २०१७ अक्टोबरको र्‍याङकिङ अनुसार फिफा विश्वकपमा छनोट भएका टिमको वरीयता निर्धारण गरे चार वटा पट तयार पारिएको हो।

पट एक मा विश्वका शीर्ष ७ वरीयताका राष्ट्रसँगै आयोजक रसिया रहनेछ। पट १ मा पोल्याण्ड रहेको छ भने सन् २०१० को विजेता स्पेन, १९६६ को विजेता इंग्लयाण्ड र २ पटकको विश्व च्याम्पियन उरुग्वे पट २ मा परेको छ।

 

यस्तो छ चारवटा पटमा रहेको राष्ट्रहरुको सूची

पट १ : रुस, जर्मनी, ब्राजिल, पोर्चुगल, अर्जेन्टिना, बेल्जियम, पोल्याण्ड, फ्रान्स

पट २ : स्पेन, पेरु, स्वीट्जरल्याण्ड, इंगल्याण्ड, कोलोम्विया, मेक्सिको, उरुग्वे, क्रोएसिया

पट ३ : डेनमार्क, आइसल्याण्ड, कोस्टारिका, स्वीडेन, ट्युनिसिया, इजिप्ट, सेनेगल, इरान

पट ४ : सर्विया, नाइजेरिया, अष्ट्रेलिया, जापान, मोरोक्को, पानामा, दक्षिण कोरिया, साउदी अरेविया



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell