PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

डडेल्धुराबासीले दिएको मायाको दुरुपयोग हुन दिन्नः प्रधानमन्त्री 



पहिलोपोस्ट

डडेल्धुराबासीले दिएको मायाको दुरुपयोग हुन दिन्नः प्रधानमन्त्री 

डडेल्धुरा :  प्रधानमन्त्री शेरबहादुर देउवाले आफू र पार्टीका प्रदेशसभा उम्मेदवारहरुलाई बहुमतका साथ विजयी गराउन आग्रह गरेका छन्।

गृहजिल्ला डडेल्धुरामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कांग्रेसले जितेमात्र मुलुक समृद्ध हुने बताए। 

प्रधानमन्त्रीले भने,‘मसित त तपार्इंहरु झगडा गर्नेदेखि आफ्नो हकअधिकारका लागि बोल्न सक्नुहुन्छ।’ देउवाले डडेल्धुरावासीले दिएको मायाले आफू देशकै नेतृत्वमा पुगेको उल्लेख गर्दै जनताले दिएको मायाको दुरुपयोग हुन नदिने बताए। ‘मैले डडेल्धुराको नाम विश्वमै चिनाएको छु’ देउवाले भने,‘डडेल्धुरामा जन्मिएकामा गर्व लाग्छ।’ 

प्रधानमन्त्रीले पञ्चेश्वर परियोजना चाँडै शुरु हुने बताउँदै पश्चिमी सेती परियोजनाको निर्माणका विषयमा आफूकहाँ चिनियाँ कम्पनीहरु संवादका लागि आएको जानकारी दिए।

‘पश्चिमी सेती र पञ्चेश्वर निर्माण भए यहाँको बेरोजगारी समस्यासमेत हल हुन्छ,’ उनले भने,‘डडेल्धुरालगायत देशको बेरोजगारी समस्या समाधान गर्न पहल गर्छु ।’रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell