PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

चुनाव प्रचारको गाडी बम प्रहार, नारायणकाजी नरहेको प्रहरीको भनाई



पहिलोपोस्ट

चुनाव प्रचारको गाडी बम प्रहार, नारायणकाजी नरहेको प्रहरीको भनाई

गोरखा : गोरखामा एक गाडीमा बम प्रहार भएको छ। गोरखा नगरपालिका १० स्थित सर्दी खोलामा धुन लगेको गाडीमा बम प्रहार भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजालले पहिलोपोस्टलाई जानकारी दिए।

वाम गठवन्धनका कार्यकर्ताले चुनावी प्रचारमा प्रयोग गर्दै आएको गाडी भएको प्रहरी अनुसन्धानमा खुलेको छ। गाडी माओवादी नेता नारायणकाजी श्रेष्ठले प्रयोग गर्दै आएको भनिए पनि गाडीमा कुनै पनि नेता तथा कार्यक्रता नरहेको डिएसपी रिजालले बताए।

कसले र किन बम प्रहार भएको भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell