PahiloPost

Apr 4, 2026 | २१ चैत्र २०८२

पुलिसलाई हराउँदै संकटा क्लब चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा



पहिलोपोस्ट

पुलिसलाई हराउँदै संकटा क्लब चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा

काठमाडौं : सिएमजी क्लब संकटा राजधानीमा भइरहेको प्रथम चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका गरेको छ।

नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा बिहिबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान बनाएको हो। संकटाको जितमा दुवै गोल विदेशी खेलाडीले गरे।

संकटाका लागि आइभोरीकोष्टका फ्लोरन्स कोआभा र मार्टिन्स अजयीले गोल गरे। संकटाले ७ मिनेटभित्र नै दुई गोल गरेपछि पुलिस सम्हालिन सकेन।  

संकटाका फ्लोरेन्स कोआभा खेलको म्यान अफ दि म्याच घोषित भए। उनले जनही ३ हजार प्राप्त गरे।

संकटाले अब सेमिफाइनलमा फ्रेण्ड्स क्लबसँग खेल्नेछ। फ्रेण्ड्स आयोजक ब्राइट युथ क्लबलाई ४–३ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश पुगेको हो। सेमिफाइनल मंसिर २ गते हुनेछ।

प्रतियोगिता अन्तर्गत शुक्रबार हिमालय शेर्पा र नेपाल एपीएफ क्लबबीच खेल हुनेछ।

नकआउटका आधारमा भईरहेको प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजनका ७ टिमको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख प्राप्त गर्नेछ। यस्तै दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ हात पार्नेछन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell