
काठमाडौं: मलेसियामा भइरहेको एसीसी यू-१९ युथ एसिया कपको दोस्रो सेमिफाइनलमा नेपाल र अफगानिस्तान खेल्दैछन्। किनरारा मैदानमा हुने खेलमा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दैछ।
अफगानिस्तान समूह बी'को विजेता तथा नेपाल समूह ए'को उपविजेता बन्दै सेमिफाइनल पुगेका थिए। यीमध्ये जुन टिमले जिते पनि पहिलो पटक फाइनल पुग्नेछन्। विजेताले उपाधिका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।