PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

एसीसी यू-१९ एसिया कप: अफगानिस्तानले टस जित्यो, नेपाल पहिले ब्याटिङ गर्दै



पहिलोपोस्ट

एसीसी यू-१९ एसिया कप: अफगानिस्तानले टस जित्यो, नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौं: मलेसियामा भइरहेको एसीसी यू-१९ युथ एसिया कपको दोस्रो सेमिफाइनलमा नेपाल र अफगानिस्तान खेल्दैछन्। किनरारा मैदानमा हुने खेलमा अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपाल पहिले ब्याटिङ गर्दैछ।

अफगानिस्तान समूह बी'को विजेता तथा नेपाल समूह ए'को उपविजेता बन्दै सेमिफाइनल पुगेका थिए। यीमध्ये जुन टिमले जिते पनि पहिलो पटक फाइनल पुग्नेछन्। विजेताले उपाधिका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

 

एसीसी यू-१९ एसिया कप : नेपालले पन्छाउला अफगानिस्तानको चुनौती?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell