PahiloPost

Jun 24, 2026 | १० असार २०८३

हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ



पहिलोपोस्ट

हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

विराटनगरः मोरङ प्रहरीले हुन्डीको कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले विराटनगर मेनरोडबाट अनुप सेठिया उनका भतिजा ललितलाई पक्राउ गरेको छ।

बिहीबार मेनरोडस्थित कार्यालयबाटै दुबैलाई पक्राउ गरिएको हो। उनीहरुको साथबाट ७५ लाख रुपैयाँ नगदसमेत बरामद भएको मोरङ प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले सेठियाका काका–भतिजलाई पक्राउ गरेको बताउँदै शुक्रबार अदालतमा अनुसन्धानका लागि म्याद थप गर्ने बताए। घटनाबारे अनुसन्धाइ भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell