PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

एसीसी यू-१९ एसिया कप: नेपाल १०३ रनमा अलआउट, अफगानिस्तका मुजिव उरले लिए ६ विकेट



पहिलोपोस्ट

एसीसी यू-१९ एसिया कप: नेपाल १०३ रनमा अलआउट, अफगानिस्तका मुजिव उरले लिए ६ विकेट

काठमाडौं: मलेसियामा भइरहेको एसीसी यू-१९ युथ एसिया कपको दोस्रो सेमिफाइनलमा नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको छ।

मुजिव उर रहेमानले ६ विकेट लिएपछि किनरारा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल  २८ ओभरमा १०३ रनमै अलआउट भयो। नेपालका लागि अनिलकुमार शाहले अर्धशतक प्रहार गरे पनि अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्।

दोस्रो ओभरमा ओपनर आसिफ शेख (०) र चौथो ओभरमा अर्का ओपनर जितेन्द्र सिंहलाई (१)  गुमाएको नेपालले त्यसपछि सम्हालिन सकेन। नेपालका लागि अनिलले सर्वाधिक ५० रन बनाए। बाँकी कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन। अनिलले तेस्रो विकेटका लागि कप्तान दीपेन्द्रसँग २३ तथा पाँचौ विकेटका लागि भीम सार्कीसँग ३० रनको साझेदारी गरे।

नेपालका दीपेन्द्र ६, रोहित ४, भिम ६, पवन ८ तथा सन्दीप ७ रनमा आउट भए। आसिफसँगै कमल सिंह ऐरी र किशोर महतोले खाता समेत खोल्न सकेनन्। शहाब आलम ७ रनमा नटआउट रहे।

नेपाललाई सयभन्दा कम स्कोरमा रोक्न अफगानिस्तानले धारिलो बलिङ गर्दै ६ विकेट लिए। १० ओभर बलिङ गरेका मुजिवले २ मेडन राख्दै २८ रन खर्चेर नेपालको ६ विकेट लिएका हुन्। यस्तै क्वाइस अहमद कमावालले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell