PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

कांग्रेस नेता रामशरण महतको गाडी लक्षित गरी बम बिस्फोट, तीन जना घाइते



पहिलोपोस्ट

कांग्रेस नेता रामशरण महतको गाडी लक्षित गरी बम बिस्फोट, तीन जना घाइते

काठमाडौं: नुवाकोटको ककनीमा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उमेदवार डा. रामशरण महतको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको छ। घटनामा तीन जना घाइते भएको प्रहरीले जनाएको छ। महत भने सकुशल छन्।

घरदैलो सकेर फर्कंदै गरेका बेला शुक्रबार बिहान ककनीमा महतको गाडीलाई लक्षित गरी अज्ञात समूहले थापेको एम्बुस विस्फोट भएको हो।

घटनाको अनुसन्धान गर्न प्रहरी घटनास्थलतर्फ पठाइएको प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपानेले बताए। घटनामा विप्लव नेतृत्वको कम्युनिष्ट पार्टी समूहको हात रहेको प्रहरीको आशंका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell