PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

मुगाबेको जिन्दगीका दश प्रमुख आरोह अवरोह



पहिलोपोस्ट

मुगाबेको जिन्दगीका दश प्रमुख आरोह अवरोह
फोटो श्रोतः theguardian.com

हारारे :  जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेको जिन्दगीमा अहिलेसम्म दश मुख्य आरोह अवरोह भएका छन्। फेब्रुअरी २१, १९२४ मा मुगावेको जन्म सालिसबुरीको कुतामा मिसनमा बस्ने क्याथोलिक परिवारमा भएको हो। 

सन् १९६० मा विद्यार्थी र शिक्षकको रुपमा देश बाहिर क्रियाशिल भइरहेको बेला रहोमेसीआ फर्किए र उपनिवेस विरुद्ध लड्नका लागि नेशनल डेमोक्र्याटीक पार्टीमा आवद्ध भए। त्यो पार्टी सन् १९६१ मा प्रतिबन्धित भएपछि मुगावेले जोसुआ कोमोको जिम्बाव्बे अफ्रिकी पिपुल्स युनियनमा आवद्ध भए। 

सन् १९६४ देखि ७४ सम्म मुगाबे राष्ट्रवादी गतिविधिहरुका कारण हिरासतमा रहे। हिरासतमुक्त भएपछि भने उनले प्रतिबन्धित जेएएनयुलाई नेतृत्व दिए। स्वेत शासक इआन स्मिथका विरुद्धमा संघर्ष सुरु गरे। सन् १९७२ देखि ७९ सम्ममा २७ हजारको मृत्यु भयो। 

अप्रिल १८, १९८० मा १९६५ देखि एक पक्षीय रुपमा ब्रिटेनबाट स्वतन्त्र भएको घोषणा गरिएको रहोडेसीआलाई पूर्ण रुपमा स्वतन्त्र भएको घोषणा गरियो र जिम्बाबे नामाकरण गरियो। मुगाबे प्रधानमन्त्री बने भने अर्का नेता कोमो गृहमन्त्री बने। 

फेब्रुअरी १९८२ मा कोमोलाई मुगाबे विरुद्ध लागेको अरोपमा हटाइयो। त्यसको एक वर्षपछि भएको हिंसाका कारण २० हजारको मृत्यु भयो। 
डिसेम्बर १९८७ मा मुगाबे संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपति बने। 

फेब्रुअरी २००० मा पनि संविधान पुनर्लेखन भयो। मार्च २००८ मा विपक्षी नेता मोर्गान टीस्भाङीराईसँग मुगाबे पहिलो चरणमा राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गरे। उनी फेरि निर्वाचित भए।

डिसेम्बर २०१४ मा मुगाबेले आफूलाई सफल बनाउन सघाउनेहरुलाई बेवास्ता गरेर आफ्नी दोस्रो श्रीमती ग्रासलाई जेडएएनयु पीएफ पार्टीको अध्यक्षका रुपमा मनोनयन गरे। 

नोभेम्बर १५, २०१७ मा उनलाई सेनाले घरमै नजरबन्दमा राखेको छ । रासस/एएफ्पी 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell