PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

प्रचण्डले भने– कांग्रेसले अपमान गर्‍यो, बिपी र गिरिजाप्रसादको सपना म पूरा गर्छु 



पहिलोपोस्ट

प्रचण्डले भने– कांग्रेसले अपमान गर्‍यो, बिपी र गिरिजाप्रसादको सपना म पूरा गर्छु 

चितवन :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले वाम गठबन्धन स्थिर सरकार र समृद्धिका लागि बनेको बताएका छन्। 

चितवन क्षेत्र नं ३ को गीतानगर बजारमा आज आयोजित चुनावी सभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चितवनमा आफ्नो उम्मेदवारी राष्ट्र र जिल्लाको समृद्धिका लागि भएको बताए। 

पहिलो संविधानसभा निर्वाचनमा विद्रोह र शान्ति जोड्नका लागि आफूले रोल्पा र काठमाडौँबाट उम्मेदवारी दिएको तथा दोस्रो संविधानसभा निर्वाचनमा मधेश र पहाड जोड्न सिरहा र काठमाडौँबाट उम्मेदवारी दिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक एजेण्डा सिद्धिएकाले अबको आफ्नो उम्मेदवारी राष्ट्रको समृद्धिका लागि भएको बताए।

बिपी र गिरिजाप्रसाद कोइरालाको सपना आफूले पूरा गर्ने भन्दै प्रचण्डले कांग्रेसले गणतन्त्र विरोधी गतिविधिमा लाग्नेको समर्थन गर्नु दुवै शीर्ष नेताको अपमान गर्ने काम गरेको बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell