PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

गौचनलाई गोली हान्ने गिरोहका थप दुई जना पक्राउ



सविन ढकाल

गौचनलाई गोली हान्ने गिरोहका थप दुई जना पक्राउ
गौचनलाई गोली हान्ने सुटर

काठमाडौँ :  निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गर्ने गिरोहका थप २ जनालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ। 

काठमाडौंको कपनबाट उनीहरु २ वटा पेस्तोल र १० राउण्ड गोलीसहित पक्राउ परेका हुन्। पक्राउ परेकामा बसन्त थेवे र धनराज योङहाङ 
रहेका छन्।

उनीहरुले गौचन घरबाट बाहिर निस्केको सूचना सुटरलाई दिनुका साथै हत्यामा प्रयोग गरिएको हतियार लुकाउन मद्दत गरेको प्रहरीको भनाइ छ।

यसअघि यसै साता प्रहरीले गौचन हत्याकान्डका सुटरसहित पाँच जनालाई सार्वजनिक गरेको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell