PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

यी हुन् विश्वपक फुटबलमा छनोट नभएका ठूला १० टिम



पहिलोपोस्ट

यी हुन् विश्वपक फुटबलमा छनोट नभएका ठूला १० टिम

अर्को वर्ष जुन १४ देखि जुलाई १५ सम्म रुसमा हुने २१औँ संस्करणको विश्वकप फुटबलका लागि ३२ वटै टिमको छिनोफानो भइसकेको छ।

विश्वका विभिन्न महादेशबाट छनोट चरण पार गर्दै ३१ वटा राष्ट्रले विश्वकपमा स्थान बनाउँदा रुस आयोजकको हैसियतमा स्वत छनोट भयो।

यस पटकको छनोटमा सबैभन्दा चर्चित विषय बन्यो, चार पटकको विश्व विजेता इटली छनोट नहुनु।

युरोपियन प्लेअफमा इटली दुई लेगको खेलमा स्वीडेनसँग १-० लाई पराजित विश्वकप खेल्नबाट बञ्चित भएको हो। यस्तो १९५८ मा भएको थियो। त्यसयता ६० वर्षपछि इटलीलाई विश्वकपमा देखन नपाइने भएको हो। विश्वकपमा छनोट हुन असफल भएपछि गोलकिपकर कप्तान जियानलुजी बफोनले समेत सन्यास लिए।

यस्तै विश्वकपमा छनोट नहुने अन्य ठूला राष्ट्रमा युरोपियन राष्ट्र नेदरल्याण्ड्स, कोपा अमेरिका विजेता चिली, अफ्रिकन कप विजेता क्यामरुन हुन्।

यसैगरी अफ्रिकन पावहाउसहरु घाना, आइभरीकोष्ट युरोपियन राष्ट्रहरु वेल्स, चेक रिपव्लिक, टर्की तथा अमेरिका पनि विश्वकपमा छनोट हुन सकेन।

यस बाहेक स्कटल्याण्ड, आयरल्याण्ड, ग्रीस, बोस्निया एण्ड हर्जगोभिना पनि विश्वकपमा छनोट हुन असफल रहे।

रुस विश्वकपमा छनोट भएका ३२ मध्ये २० वटा राष्ट्र सन २०१४ मा ब्राजिलमा भएको विश्वकप खेलेका टोली हुन्।

पेरु ३६ वर्षपछि विश्वकपमा छनोट हुँदा इजिप्ट २८ तथा मोरोक्कोले पनि२० वर्षपछि विश्वकपमा स्थान बनाएको छ। आइसल्याण्ड र पानामाले रुसबाट विश्वकप फुटबलमा डेब्यु गर्दैछ।

 

विश्वकपमा छनोट नहुनेहरुको प्रतियोगिता गर्न प्रस्ताव

विश्वकप खेल्न नपाउनेमध्ये एक राष्ट्र अमेरिकाले रुस विश्वकपका लागि छनोट नभएका ठट्ठला टिमहरुबीच अर्कै प्रतियोगिता गर्न आग्रह गरेको छ। यस विषयमा युएस सकर फेडेरेसन (युएसएसएफ)ले इटली, नेदरल्याण्ड्स लगायत टिमसँग छलफल गरिरहेको बीबीसीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell