
हरारे : जिम्बावेको राष्ट्रिय सेनाको नजरबन्दमा रहेका राष्ट्रपति रोबर्ट मुगाबेले आफूले पद नत्याग्ने घोषणा गरेका छन्।
लामो समय सत्तामा रहेका राष्ट्रपति रोबर्ट मुगाबे बुधबार विहानदेखि को सेनाको नियन्त्रणमा छन्। उनले तत्कालै पदबाट राजीनामा दिन अस्वीकार गरेको जानकारी आएको छ।
सेनाले देशको समग्र शासन सत्ता लगभग हातमा लिएको छ। उनलाई भने उत्तराधिकारीको चयन गर्ने सम्बन्धी विवादमा भन्दै उनकै निवासमा नजरबन्दमा राखेको जनाइएको छ। त्यसो त उनले आफ्ना दूतहरु र सेनाप्रमुखसँग वार्ता गरेका छन्।
सो विषयमा भने अहिलेसम्म केही पनि खुलाइएको छैन। तर उनले आफूले सत्ता छोड्न अस्वीकार गरेका समाचारहरु बाहिर आएका छन्।
जिम्बावेको विपक्षी दलका नेताले भने मुगाबेले तत्कालै राजीनामा दिनु जिम्बावेका जनताको हितमा हुने बताएका छन्। सेनाले देशमा नियन्त्रण कायम गरेको छ। तर यहाँ राजनीतिक दलका विरोध प्रदर्शन भएका छैनन्।
राष्ट्रपति मुगाबेको सूचना स्रोतबाट प्राप्त विवरणहरुमा उनले राजीनामा दिन अस्वीकार गरिरहेको जनाइएको छ। एनले यस सैनिक हस्तक्षेपका बारेमा कुनै पनि प्रतिक्रिया दिएका छैनन्।
उनले राजिनामा दिन नमानेपछि अब सेनाले के कस्तो रणनीति लिन्छ भन्ने बारेमा भने विभिन्न प्रतिक्रियाहरु आइरहेका छन्।
उता केही अफ्रिकी मुलुकका विदेशमीन्त्रीहरुको बैठकले भने जिम्बावेको सेनालाई कुनै पनि हालतमा सत्तामा लिएको नियन्त्रण फिर्ता लिन र देशलाई सामान्य अवस्थामा फर्काउन आग्रह गरिरहेका छन्। रासस/एएफपी