
काठमाडौं : यही मंसिर १० र २१ गते हुने प्रतिनित्रि सभा र प्रदेश सभा चुनावलाई लक्षित गर्दै लोक दोहोरी क्षेत्रमा लोकप्रिय नाम पशुपति शर्मा र मञ्जु पौडेल यो चुननावमा जनताले जित्नुपर्छ लको गीत ल्याएका छन्।
समय सापेक्ष विषयलाई समेटेर गीत लेख्ने र गाउने उनीहरु मिलेर चुनावी गीत सार्वजनिक गरेका छन्। सार्वजनिक गीतमा कुनै एक नेता वा पार्टीको मात्र नभई समग्र जनताको आवाज र भावना समावेश गरिएको छ।
चुनाव नजिकिँदै गर्दा पशुपति शर्माले मतदाता शिक्षाको काम गर्ने प्रकारको गीत लेखेर सार्वजनिक गरेका हन्। चिल्ला कुरा गरेर मत कुम्ल्याउने नेतालाई व्यंग्य गर्दै उनीहरुले गीत मार्फत जनतालाई सचेत हुन आग्रह गरेका छन्।
गतिलो मान्छे छान्न नसके देश दुरावस्थातर्फ धकेलिने सन्देश गीतमा छ। कुनै पार्टी वा नेताले नभई चुनावमा जनताको जित हुने पर्नेमा उनीहरुको जोड छ।