PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

फिल्म 'भैरे' घोषणा



पहिलोपोस्ट

फिल्म 'भैरे' घोषणा

काठमाडौं : अर्को वर्ष तीजमा रिलिज डेट समेत तय गर्दै नेपाली नेपाली फिल्म 'भैरे' घोषणा भएको छ। मंसिर ४ गतेबाट छायाकंन शुरु गरिने फिल्म भैरेलाई एभरेष्ट सुर्य बोहराले निर्देशन गर्दैछन्।

फिल्ममा दयाहाङ राई, सुनिल थापा, सुरक्षा पन्त, बिक्रान्त बस्नेत, बर्षा सिवाकोटी, बुद्दि तामाङ, अर्जुन गुरुङ, जान्हवी बोहरा, जयनन्द लामा, अनुभव रेग्मी, कञ्चन ठकुरी लगायतको अभिनय रहनेछ।

बोहराले यसअघि अग्निपरिक्षा, कान्छा, मुटु, ठुली जस्ता फिल्म निर्देशन गरेका थिए। ४० दिनमा छायांकन समाउने तयारीमा रहेको फिल्म युनिटले काठमाडौं, पोखरा र मुस्ताङमा छायांकन गरिने जनाएको छ।

फिल्म घोषणापछि निर्देशक बोहराले आफुले भन्दा बढि आफ्नो कामले बोल्ने बताए। 'मैले भन्दा बढि मेरो कामले बोलोस् । मेरो कामलाई हेरेर यहाँहरुले मुल्यांकन गर्नुहुनेछ', बोहराले भने। चलचित्रले कस्तो कथा बोल्छ त्यो भने बोहराले प्रष्ट पारेका छैनन्।

फिल्मका मूख्य पात्र दयाहाङ राईले भैरेको कथावस्तु राम्रो रहेको भन्दै बाँकी फिल्म रिलिज भएपछि नै बोल्ने बताए। नायिका सुरक्षा पन्तले फिल्मको स्क्रिप्ट पढ्दा एकदमै मज्जा लागेको प्रतिक्रिया दिइन्। अर्की नायिका बर्षा सिवाकोटीले फिल्मको कथा अत्यन्त राम्रो र रमाइलो रहेको बताईन्।

संगीतकार, गायक तथा 'भेरै'का सह-निर्माता समेत रहेका यम बरालले फिल्म उद्योगलाई केहि योगदान गर्न सक्छौँ भन्ने ध्येयले लगानी गरेको बताए। नेपालय सिनेमा इन्टरनेशनल प्रालिको ब्यानरमा बन्ने 'भैरे'का निर्माता प्रेम प्रसाद पौडेल हुन्।

पुरुषोत्तम प्रधानले छायांकन गर्ने यस फिल्मको कथा निर्देशक बोहराले नै लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यू निरवी र दिनेश न्यौपानेको रहेको छ। 'भैरे'मा यम बरालसँगै बसन्त सापकोटा र अर्जुन पोखरेलको संगीत रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell