
काठमाडौं : नेपालको टेलिभिजन सांगीतितक रियालिटी सो हरुको क्रेज बढिरहेका बेला अब युट्युबाटै कभरसङ कम्पिटिसन हुने भएको छ।
द होराइजन मल्टीमिडिया प्रालिले 'होराइजन कभर सङ कम्पिटिसन'को नामबाट गायन प्रतियोगिता गर्न लागेको कार्यक्रमको संयोजक संगित बरालले जानकारी दिएका छन्। यूट्यूबप्रति मानिसहरुको क्रेजलाइ मध्यनजर गर्दै प्रतियोगिहरुलई पनि अनलाइनमार्फत नै अडिसन लिइरहिएको उनले जानकारी दिएका छन्।
केहि समय पछि नै प्रशारण सुरु हुने यो कार्यक्रममा अनलाइन मार्फत नै अडिसन दिन सकिने छ।उक्त कार्यक्रममा सहभागि हुन चाहनेले मोवाइलमा आफुले गाएको गीतको भिडियो बनाएर
[email protected] मा इमेल गर्नु पर्ने छ। पहिलो चरणमा आएका भिडियोहरुलाई यूट्यूबमा अपलोड गरिने र त्यसमा दर्शकहरुको भ्यू र मतका आधारमा पहिलो चरणको जज गरिने आयोजकले जनाएको छ।
त्यसपछि चर्चित संगीतकार र गायकहरुले जज गर्नेछन् र उनिहरुलाइ दोस्रो चरणको लागि छान्ने छन्।
आयोजकका अनुसार अडिसन राउण्डसम्म सबै कार्यक्रम यूट्यूबमै प्रशारण गरिने र दोस्रो चरणपछि कार्यक्रम यूट्युबको साथै टेलिभिजनमा पनि प्रशारण गरिने छ।
प्रतियोगिताको विजेताले नगद एक लाख, एउटा गीत रेकर्ड तथा म्यूजिक भिडियो निर्माण गर्न पाउनेछन्। यस्तै उत्कृष्ट तीन भित्र पर्नेले समेत गीत रेकर्ड र त्यसको म्यूजिक भिडियो निर्माणको अवसर पाउने संयोजक बरालले बताएका छन्। अडिसनका लागि यहि डिसेम्बर १ तारीख सम्म भिडियो पठाउन सकिनेछ।