PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

अफगानिस्तान विरुद्ध योजना अनुसार खेल्न सकेनौँ, ब्याटिङ फ्लप भयो : प्रशिक्षक विनोद दास



पहिलोपोस्ट

अफगानिस्तान विरुद्ध योजना अनुसार खेल्न सकेनौँ, ब्याटिङ फ्लप भयो : प्रशिक्षक विनोद दास

काठमाडौं : एसीसी यू-१९ युथ एसिया कपमा नेपाल अफगानिस्तानसँग ७ विकेटे पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको छ।

अफगानिस्तानसँग खेल्नु अघि नेपाली टिमका मुख्य प्रशिक्षक विनोद दासले आफ्नो योजना अनुसार खेल्ने बताएका थिए।

तर मलेसियाको किनरारा मैदान १०३ रनमै अलआउट हुँदै ७ विकेटले पराजित भएपछि दासले आज योजना लागु गर्न नसकेको प्रतिक्रिया दिए।

'हाम आफ्नो प्लान लागु गर्नबाट चुक्यौँ र सबै कुरा खराब भन्दा तल रह्यो।' उनले नेपाली टोलीको ब्याटिङ चल्न नसकेको बताए। 'अनिल बाहेक ब्याटिङ कतै पनि देखिएन। कम स्कोर बनेको बेला त्यसलाई डिफेण्ड गर्न धेरै गाह्रो हुन्छ र हामीले सकेनौँ।'

'दु:खी छौँ की प्रतियोगिताको दुखद अन्त्य भयो। आज हामी अगाडी बढ्नै सकेनौँ।'

नेपालले समूह चरणमा भारतलाई पराजित गर्दै पहिलो पटक सेमिफाइनल पुगेको नेपालले अफगानिस्तानलाई पार गर्न समेन र फाइनल पुग्ने चाह अधुरै रह्यो।

फाइनल पुग्न नसकेपनि समग्र प्रतियोगितालाई प्रशिक्षक दासले सकरात्मक रुपमा लिएका छन्। 'ओभरअल भन्नुपर्दा यस टुर्नामेन्टबाट हामीले धेरै सकरात्मक कुरा ग्रहण गर्न सक्छौँ। पहिलो पटक सेमिफाइनल पुग्नु गौरवको विषय हो।'

'हामीले भारतलाई हरायौँ र बंगलादेशलाई कडा टक्कर दियौँ।' दासले समग्र प्रतियोगिताबारे विश्लेषण गर्दै भने। 'हामीले टुर्नामेन्टमा राम्रो प्रदर्शन गर्‍यौँ र यहाँसम्म आइपुग्दा म खुशी छु।'

'आगामी दिनमा हामी आफ्नो क्षेत्रबाट सक्दो राम्रो गर्ने प्रयास गर्नेछौँ र क्रिकेटको नैतृत्व आएपछि उनीहरुको पनि रोल हुनेछ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell