PahiloPost

Jun 24, 2026 | १० असार २०८३

दुई नम्बर प्रदेशमा कांग्रेस, फोरम र राजपाबीच चुनावी तालमेल हुन्छः उपप्रम गच्छदार



पहिलोपोस्ट

दुई नम्बर प्रदेशमा कांग्रेस, फोरम र राजपाबीच चुनावी तालमेल हुन्छः उपप्रम गच्छदार

विराटनगर :  उपप्रधानमन्त्री विजयकुमार गच्छदारले प्रदेश नं २ मा नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच सहमति हुने बताएका छन्। 

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै गच्छदारले दुई नम्बर प्रदेशमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारलाई विजयी गराउने सम्बन्धमा तीनै पार्टीबीच छलफल भइरहेको र चाँडै सहमति कायम हुने विश्वास व्यक्त गरे। 

गच्छदारले मुलुकका अन्य प्रदेशमासमेत लोकतान्त्रिक शक्तिलाई विजयी गराउन स्थानीयस्तरमा वार्ता एवं छलफल भइरहेकाले केही दिनमा सहमति हुने बताए। 

अर्को प्रसंगमा गच्छदारले सरकारले सुरक्षाका सम्पूर्ण संयन्त्र प्रयोग गरी उम्मेदवालाई शान्तिपूर्ण वातावरणमा निर्वाचनमा प्रचारप्रसारको व्यवस्था मिलाइएको जानकारी दिए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell