PahiloPost

Jun 24, 2026 | १० असार २०८३

हिमालयन शेर्पा चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा



पहिलोपोस्ट

हिमालयन शेर्पा चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा

काठमाडौं : हिमालय शेर्पा क्लब राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका गरेको छ। नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा शुक्रबार भएको खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३–० ले पराजित गर्दै शेपाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

शेर्पाको जितमा राष्ट्रिय खेलाडी हेमन गुरुङले दुई तथा पियुस हेनरीले एक गोल थपे। पहिलो हाफमा १ गोल गरेको शेर्पाले दोस्रो हाफमा २ गोल थपेको हो।

हेमन गुरुङले खेलको १४ औं मिनेटमा गोल गर्दै शेर्पालाई अग्रता दिलाएका थिए। ७४ औं मिनेटमा हेमनले व्यक्तिगत दोस्रो गो गर्दै शेर्पाको अग्रता दोब्बर बनाए।

खेल सकिन ३ मिनेट बाकी रहदा विदेशी खेलाडी पियुस हेनरीले गोल गर्दै शेर्पाको जित पक्का गरे।

दुई गोल गरेका हिमालयन शेर्पाका हेमन गुरुङ खेलको म्यान अफ दि म्याच घोषित भए। उनले ३ हजार प्राप्त गरे।

हिमालयन शेर्पा अन्तिम चारमा प्रवेश गरेपछि प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। शेर्पाले फाइनल प्रवेशका लागि आइतबार त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ।

पहिलो सेमिफाइनलमा शनिबार फ्रेण्ड्स क्लब र सिएमजी क्लब संकटा भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell