PahiloPost

May 7, 2026 | २४ बैशाख २०८३

वाम गठबन्धन लोकतन्त्र विरोधी : प्रधानमन्त्री



पहिलोपोस्ट

वाम गठबन्धन लोकतन्त्र विरोधी :  प्रधानमन्त्री

दार्चुला :  प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धन लोकतन्त्र र प्रजातन्त्र विरोधी भएको बताएका छन्। 

दार्चुला सदरमुकाम खलंगामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रमा नेपाली जनताले शान्तिको सास फेर्न पाइरहेका तर कम्युनिष्टको एकताले देशलाई अधिनायकवादतर्फ लैजाने खतरा बढेको बताए। उनले भने,‘कम्युनिष्टले घुमाइफिराइ एकता गरेर जनतालाई धम्काउने, डराउने र त्रासमा राख्ने कोशिश गरिरहेका छन्।’

विसं २००७ मा राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गरेको कांग्रेसले नेपाली जनतालाई यो देशको मालिक बनाएको बताउँदै प्रधानमन्त्रीले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नेपालको प्रजातान्त्रिक भविष्यका निम्ति अति महत्वपूर्ण खुट्किला भएको स्पष्ट पारे। 

दार्चुलाको विकासका लागि कांग्रेस सदैव तयार छ भन्दै देउवाले चुनावलगत्तै व्यास, अपि हिमाल, मार्मा र लेकम गाउँपालिकालाई पिछडिएको क्षेत्रमा राखेर स्थानीय तहलाई सहुलियत दिइने आश्वासन दिए।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell