PahiloPost

May 14, 2024 | १ जेठ २०८१

अर्घाखाँचीमा दुई बहादुरको भिडन्त : टोपबहादुर कि रामबहादुर?



चन्द्रकान्त खनाल

अर्घाखाँचीमा दुई बहादुरको भिडन्त : टोपबहादुर कि रामबहादुर?

रुपन्देही : आगामी मंसिर २१ गते हुने  प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा दलका प्रभावशाली नेताहरुले उम्मेदवारी दिएपछि अर्घाखाँचीमा  चुनावी सरगर्मी बढेको छ। चुनाव  नजिकिँदै जाँदा नेताहरु आफ्नो पक्षमा मतदान गर्ने आग्रह गर्न सहरदेखि गाँउगाउँमा पुगेर आफ्ना घोषणापत्र बाँड्दै हिंड्न थालेका छन्।

 

अर्घाखाँचीको चुनावमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको मुख्य प्रतिस्पर्धा हुने भएको छ। वाम गठबन्धनका तर्फबाट माआवादी पूर्वमन्त्री टोपबहादुर रायमाझी र लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका डा. रामबहादुर केसीले उम्मेदवारी दिएका छन्।
 

जिल्ला निर्वाचन कार्यलय अर्घाखाँचीका अनुसार अहिले जिल्लामा एक लाख ३८ हजार ३ सय २८ मतदातामा १२ हजार ५ सय नयाँ  मतदाता थपिएका छन्।

जिल्लामा मतदानस्थल ९३ र मतदान केन्द्र एक सय ७४ तोकिएका छन्। जिल्लामा केन्द्रीय तहका पूर्वउपप्रधानमन्त्री र कांग्रेसका प्रभावशाली नेता चुनावी मैदानमा उत्रिएका हुन्। केही ठाउँमा राष्ट्रिय जनमोर्चाको  बाहुल्यता रहेको यस जिल्लामा निर्णायक मत जनमोर्चाको रहेको विश्वास गरिन्छ। जिल्लामा जनमोर्चाको भोट ८ हजारभन्दा बढी रहेको जनमोर्चाले जनाएको छ।

 

तर, अहिले उनीहरुको सर्मथन कतै नरहेको जिल्लाका अध्यक्ष सागर केसीले बताए। उनले भने, ‘जिल्लामा हाम्रो ८ हजारभन्दा बढी भोट रहेको छ। अहिलेसम्म कस्लाई दिने भन्नेबारे केन्द्रबाट निर्णय भएको छैन्। हाम्रो भोट रिर्जब रहन पनि सक्छ अहिले भन्न सक्ने अवस्था रहेको छैन।’

 

टोपबहादुर र रामबहादुरबीच प्रतिस्पर्धा

पूर्वमन्त्री टोपबहादुर रायमाझी र कांग्रेसका नेता डा. रामबहादुर बिसीबीचको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ।  रायमाझी गत प्रतिनिधि सभाको लागि क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। डा. बिसी भने पराजित भएका हुन्।

 

स्थानीयको चुनावको नतिजालाई आधारलाई मान्ने हो भने कांग्रेसको ३० हजार ८ सय ८५ एमाले ३६ हजार ७ सय २६ माओवादी १४ हजार ९ सय ७४ मत र जनमोर्चाको ८ हजारभन्दा बढी भोट रहेको छ।

 

अर्घाखाँचीमा  स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीबीच तालमेल भएको थियो भने एमाले एक्लै चुनावमा उत्रिएको थियो। जिल्लामा ३ नगरपालिका र ३ गाउँपालिका रहेका छन। राप्रपा, नयाँशक्ति तथा अन्य दलहरुको पनि  थोरै मत रहेको बताएका छन। 
 

एजेन्डामा भर पर्ने भएकाले आफूहरु जोड घटाउमा नलागेको नयाँ शक्ति पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्द पन्थीले बताए। डा.  बिसीलाई लोकतान्त्रिक गठबन्धनको समर्थन छ भने रायमाझीलाई  वाम गठबन्धनको साथ छ। दुवै जना पुराना प्रतिस्पर्धी हुन्।

 

प्रदेश सभामा को को उम्मेदवार?

कांग्रेसका तर्फबाट विष्णु खनाल र हिक्मत टन्डन छन भने वाम गठबन्धनका तर्फबाट चेतनारायण आर्चाय र राज घिमिरे रहेका छन्। जनमोर्चाको तर्फबाटसमेत प्रदेश सभामा उम्मेदवार उठाएको छ। जनमोर्चाको तर्फबाट सागर केसी र झबिलाल थापा रहेका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell