PahiloPost

Jun 24, 2026 | १० असार २०८३

बैतडीको मेलौलीलाई स्मार्ट सिटी बनाउँछु : प्रम देउवा



पहिलोपोस्ट

बैतडीको मेलौलीलाई स्मार्ट सिटी बनाउँछु : प्रम देउवा

बैतडी : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीको मैलौली पुगेर उक्त नगरपालिकालाई स्मार्ट सिटी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

शुक्रबार मेलौलीमा कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘अहिले स्मार्ट सिटीको कुरा छ, सुदुरपश्चिमको यो नगरलाई केले रोक्छ? त्यसैले हामी यसलाई स्मार्ट सिटी बनाउँछौं, बनाउँछौं, बनाउँछौं।’

उनले सुदुरपश्चिममा पञ्चेश्वर आउने भइसकेको र यो आइसकेपछि बैतडी जिल्लावासीको समृद्धि बढ्ने उल्लेख गरे।

कांग्रेसका उम्मेदवारलाई जिताएर लोकतान्त्रिक गठबन्धनलाई मजबुद बनाउन आग्रह गर्दै देउवाले सुदुरपश्चिमको विकासका लागि कांग्रेसको जित अतिआवश्यक रहेको बताए। बैतडीबाट कांग्रेसले नरबहादुर चन्दलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell