PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

तीर्थयात्री बोकेको बस पञ्चासेमा दुर्घटना, एकको मृत्यु



पहिलोपोस्ट

तीर्थयात्री बोकेको बस पञ्चासेमा दुर्घटना, एकको मृत्यु

पोखरा : धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेबाट पर्वतको आर्थरतर्फ जाँदै गरेको तीर्थयात्री बोकेको बस पञ्चासेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सतबीज छर्ने ब्रतालु बोकेको बस दुर्घटना हुँदा पोखराको दीपक गुरुङको घटनास्थलमै मृत्यु भएको र करिब ४० यात्रु घाइते भएको प्रहरीले जनाएको छ।

पञ्चासेमा सतबीज छरेर फर्कदै गरेका तीर्थयात्री बोकेको ध१ख८७ नम्बरको बस कास्की र स्याङजा सीमा रेसको पाखामा दुर्घटना भएको हो। प्रहरीका अनुसार बस सडकबाट सय मिटर तल खसेको छ।

घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर छ। उनीहरुलाई उपचारको लागि पोखरा ल्याउँदै गरेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell