PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

मल्टी कन्ट्रि स्टारर  फिल्म ‘द म्यान फ्रम काठमाण्डू’ मा गुल्सन ग्रोवर भिलेन, नेपालबाट नीर शाह, आना शर्मा र कर्मा



पहिलोपोस्ट

मल्टी कन्ट्रि स्टारर  फिल्म ‘द म्यान फ्रम काठमाण्डू’ मा गुल्सन ग्रोवर भिलेन, नेपालबाट नीर शाह, आना शर्मा र कर्मा

काठमाडौं : मल्टी कन्ट्री स्टारर एक्सन फिल्म ‘द म्यान फ्रम काठमाण्डू’ को छायांकन सुरु भएको छ। क्यूएफएक्स प्रमुख समेत रहेका नकिम उद्दिनले आफ्नो ब्यानर ट्री–सिटी ब्यानरमा निर्माण गर्न लागेको यस फिल्मलाई हलिउड र बलिउडमा फिल्म निर्देशन एवं निर्माणमा अनुभव बटुलेका पेमा धोन्डुपले निर्देशन गर्नेछन्।

पेमाले अघिल्लो फिल्म ‘वी आर नो मंक्स’ हलिउडमा रिलिज भएको थियो जसमा भारतीय अभिनेता गुल्सन ग्रोवर समेत थिए। उनै गुल्सनलाई लिएर पेमा नेपाल आइपुगेका छन्।

फिल्ममा ग्लुनका साथै प्युटोरिकाका  जोसे मानुएल,  पाकिस्तानमा हमिद शेख तथा नेपालबाट निर शाह, आना शर्मा, कर्मा, शिशिर बाङ्गेलको अभिनय रहनेछ।

बलिउड ब्याडम्यानले चिनिने गुल्सन यस एक्सन फिल्मका भिलेन हुनेछन्। फिल्ममा ग्लुन अबु मियाँ नामक खलनायकको भूमिकामा हुनेछन्।

यस्तै हलिउडमा स्टन्ट कोरियोग्राफरले समेत चिनिने जोसे म्यानुअएल फिल्मका मुख्य अभिनेता हुन्। उनी फैसल मुस्तफाको भूमिकामा हुनेछन्। उक्त पात्र लस एन्जल्समा बस्ने हिन्दु–मुस्लिम गैरआवसिय नेपाली हुन्छ।

पाकिस्तानी अभिनेता हमिद शेख फिल्मका अर्का मुख्य कलाकार हुन् जसको फिल्म ‘मुर’ सन् २०१५ मा अस्कर अवार्डमा मनोनित भएको थियो । नेपालबाट नीर शाह,  आना शर्मा,  शिशिर बाङ्देल,  कर्मा मुख्य भूमिकामा छन्।

तीन करोड बजेट रहेको फिल्मको ९० प्रतिशत छायांकन नेपाल र बाँकी हलिउड सहर लस एन्जल्समा हुने निर्माता उद्दिनले बताए। अहिले काठमाडौं र ललितपुरका विभिन्न स्थानमा फिल्मांकन भैरहेको छ। मुख्य भाषा अंग्रेजी रहने यस फिल्मलाई नेपालीमा डबिङ गरिने भएको छ।

 

यस्तो छ फिल्म द म्यान फ्रम काठमाण्डूको कथा

अमेरिकन–नेपाली एक युवा जो हाफ हिन्दु–मुस्लिम पनि हो। अमेरिकादेखि काठमाडौंसम्मको उसको यात्रा चित्रण छ। काठमाठौं आउने क्रममा ऊ हराएका बुवालाई खोज्न सिरिया जान्छ। उसको भेट स्थानीय डनसँग हुन्छ जसले उसको हजुरबुबाको हत्या गरेको हुन्छ। द्धन्द्ध अघि बढ्दै जाँदा फैसल आफ्नो नेपाली पहिचान,  संस्कृति र परम्परासँग एकाकार हुन आइपुग्छ। आना र जोसे म्यानुएलले स्क्रिन सेयर गर्दैछन्।

निर्माताको रुपमा नकिमले पेमासँग टीमअप गरेका हुन्। स्क्रिनप्ले पेमा स्वयंको हो। फिल्ममा कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन, जोसे म्यानुएलको द्धन्द्ध समावेश हुनेछ।

‘मलाई लाग्छ, राम्रो विषयवस्तु र प्राविधिक गुणस्तरले गर्दा हामी विश्व फिल्मकै उचाइमा पुग्न सक्छौं’ निर्देशक धोन्डुपले भने, ‘यो विश्वव्यापी मूल्य बोकेको सिनेमाले सबै खाले दर्शकको मन अवश्य छुनसक्छ।’ यसअघि क्वेस्ट इन्टरटेनमेन्टबाट फिल्म निर्माण गरेपनि उद्दिनले यसपटक आफ्नै कम्पनीबाट फिल्म निर्माण गर्न लागेका हुन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell