PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

ओलीले भने -हिंसात्मक गतिविधि तुरुन्त बन्द हुनुपर्छ, यो २१ औं शताब्दीको समाज सुहाउँदो काम होइन 



पहिलोपोस्ट

ओलीले भने -हिंसात्मक गतिविधि तुरुन्त बन्द हुनुपर्छ, यो २१  औं शताब्दीको समाज सुहाउँदो काम होइन 

काठमाडौँ :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सम्पन्न गराउने अभिभारा मात्र बोकेको वर्तमान काम चलाउ सरकारलाई दूरगामी महत्वका विषयमा निर्णय गर्ने अधिकार नभएको बताएका छन्।

शुक्रबार साँझ विभिन्न सञ्चारमाध्यमका प्रकाशक तथा सम्पादकसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले निर्वाचनपछि केन्द्रको शक्ति बाँडफाँड र संक्रमण अन्त्य हुन गइरहेको सन्दर्भमा सरकार त्यसबारे गम्भीर नदेखिएको र प्रतिपक्षसँग संवाद नगरी स्वेच्छाचारी बन्दै गएको आरोप लगाए । 

विधिको शासन स्थापित गर्ने काममा ध्यान दिन पनि ओलीले सरकारसँग आग्रह गरे। 

निर्वाचन नजिकिँदै जाँदा देशका विभिन्न भागमा उम्मेदवारलाई लक्ष्य गरी हिंसात्मक आक्रमण बढ्दै गएकामा ओलीले चिन्ता प्रकट गर्दै भने, “जोबाट भएको भए पनि हिंसात्मक गतिविधि तुरुन्त बन्द हुनुपर्छ । यो २१ शताब्दीको समाज सुहाउँदो सभ्य काम हैन।” 

प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धनले बहुमत ल्याउने र सरकार बनाउने दावी गर्दै ओलीले भने, “चुनावपछि मुलुकमा राजनीतिक र प्रशासकीय संरचना निर्माण गर्नुपर्ने चुनौती छ । जनतालाई संवैधानिक हकको प्रयोग र पहुँच दिने चुनौती छ।” 

ओलीले भने, “अहिले झिनामसिना कुरामा अल्झिने बेला हैन । ४० लाख विदेशिएका युवालाई १० वर्षभित्र स्वदेशमै रोजगारी दिने विषयमा ध्यान पुग्नु जरुरी छ ।” अबको व्यवस्थामा व्यक्तिको दक्षतालाई विना भेदभाव उपयोग गरिने, योग्य व्यक्तिलाई उपयुक्त ठाउँमा नियुक्ति दिइने र त्यसमा राजनीतिकरण नगरिने बताए।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell