PahiloPost

Jun 24, 2026 | १० असार २०८३

कांग्रेसले संविधान दियो, जनताले मत दिनुपर्छः पूर्णबहादुर खड्का



पहिलोपोस्ट

सुर्खेत :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका लागि सुर्खेत क्षेत्र नं १ का उम्मेदवार पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन गर्न अब जनताले कांग्रेसलाई मत दिएर सरकारमा पुर्याउनुपर्ने बताएका छन्। 

स्थानीय रझेनामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता खड्काले जनताले चाहेको लोकतन्त्रको संस्थागत विकास कांग्रेसले नै गर्न सक्ने जिकिर गरे। 

राणा, पञ्चायत र राजालाई समेत ढालेको कांग्रेसले मात्रै नेपाली जनताको समृद्धि र विकास गर्न सक्ने उल्लेख गर्दै खड्काले संविधानको कार्यान्वयनसँगै तीव्र गतिको विकास निर्माण र जनताको आर्थिक समृद्धिका लागि पनि कांग्रेसको सरकार अपरिहार्य रहेको बताए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell