PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

चुनावी सभालाई लक्षित गरी ओखलढुंगामा बम विष्फोट, सवारीसाधनमा क्षति



पहिलोपोस्ट

चुनावी सभालाई लक्षित गरी ओखलढुंगामा बम विष्फोट, सवारीसाधनमा क्षति

ओखलढुंगा :  वाम गठबन्धन र नेपाली कांग्रेसको चुनावी सभामा सहभागी हुन कार्यकर्ता चढेको बस तथा जीपलाई लक्षित गरी आज बिहान बम विष्फोट गराइएको छ। 

सुनकोशी गाउँपालिका–७ च्यानममा बम विष्फोट भएको प्रहरी निरीक्षक सीता कार्कीले जानकारी दिइन्। विष्फोटमा मानवीय क्षति नभएको, सवारी साधनमा सामान्य क्षति भएको र घटना कसले गरेको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको कार्कीले बताइन्। 

वाम गठबन्धनको चुनावीसभामा नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका महासचिव रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम छ।

नेपाली कांग्रेसको चुनावीसभामा भने कांग्रेस प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँणले सम्बोधन गर्ने कार्यक्रम छ। विभिन्न गाउँबाट कार्यकर्ता आइरहेका अवस्थामा बम विस्फोट भएको हो।रासस 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell