PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

कम्बोडियाको प्रतिपक्षी पार्टीलाई फुकुवा गर्न अमेरिकाको दवाव



पहिलोपोस्ट

कम्बोडियाको प्रतिपक्षी पार्टीलाई फुकुवा गर्न अमेरिकाको दवाव
फोटो श्रोतः reuters.com

वासिङटनडिसी :  कम्बोडियोको अदालतले प्रतिबन्ध गरेको पार्टीलाई तत्काल फुकुवा गर्न अमेरिकाले आह्वान गरेको छ। 

अदालतले कम्बोडिया नेशनल रेस्क्यु पार्टी (सीएनआरपी) र त्यसका झण्डै एक सय जना नेताहरुलाई प्रतिबन्ध गर्न बिहीबार आदेश दिएको थियो। 

सत्तारुढ दल हुन सेनले सर्वोच्च अदालतलाई कडाइका साथ नियन्त्रणमा लिएको पनि वासिङटनले आरोप लगाएको छ। 

अमेरिकाले कम्बोडियामा तत्काल प्रजातन्त्र फर्काउन सरकारसँग आह्वान गर्दै सिएनआरपी र जबरजस्त नियन्त्रणमा लिइएको त्यस दलका नेता केम सोखालाई नियन्त्रणमुक्त गर्न पनि आग्रह गरेको छ। 

ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘प्रतिबन्ध गरिएका प्रतिपक्षी पार्टी र सवै नेताहरुलाई तत्काल रिहा गर्नुपर्दछ, नागरिक समाज र संचार माध्यम तथा पत्रकारहरुलाई आफ्ना गतिविधिहरु स्वतन्त्रपुर्वक गर्न दिनुपर्दछ।’ 

३२ वर्षदेखि शक्तिमा रहेका नेताहरूलाई हटाउनका लागि लडिरहेको ‘सीएनआरपीलाई अदालतले विघटन गरिदिएको हो। 

अदालतको आदेश सुनाउँदै एक न्यायाधीश दिथ मुन्टीले भनेका थिए,‘सीएनआरपीलाई विघटन गर्ने र त्यस पार्टीका ११८ जना उम्मेदवारलाई फैसला भएको मितिदेखि पाँच वर्षसम्म राजनीति गर्न प्रतिबन्ध लगाउने निर्णय भएको छ।’ 

अधिकारवादीहरूले अर्को वर्ष हुने निर्वाचनलाई अदालतलको आदेशले अवरोध पार्ने देखिएको बताएका छन्। प्रतिपक्षी दल तथा मानव अधिकारवादीहरूले भनेका छन्, ‘आदेशले स्वतन्त्र न्यायालयको खिल्ली उडाएको छ।’ 

‘यो कम्बोडियोको लोकतन्त्रको मृत्यु हो,’ ह्युमन राइट्स वाचका फिल रोबर्टसनले भने । रासस/एएफपी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell