PahiloPost

Jun 24, 2026 | १० असार २०८३

पाकिस्तानी सेनाको कारबाहीमा बिएलएफका उच्च कमाण्डरको मृत्यु



पहिलोपोस्ट

पाकिस्तानी सेनाको कारबाहीमा बिएलएफका उच्च कमाण्डरको मृत्यु
फोटो श्रोतः dawn.com

पाकिस्तान :  पाकिस्तानी सुरक्षा कारबाहीमा दक्षिणपश्चिमी बालोचिस्तान प्रान्तमा एक जना बालोक लिवरेसन फ्रन्ट (बिएलएफ) समूहका एक उच्च कमाण्डरको मृत्यु भएको सेनाले जनाएको छ। 

बालोचिस्तानमा एक हप्ता पहिले १५ जना श्रमिकको हत्यामा संलग्न रहेको भनिएका बिएलएफका उच्च कमाण्डर यूनास ताउकाली प्रान्तको बुलाडा क्षेत्रमा सुरक्षा कारबाहीका क्रममा मारिएका सेनाको अन्तरसेवा जनसम्पर्क कार्यालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। 

ताउकालीको सेनासँगको दोहोरो भीडन्तका क्रममा उनको मृत्युभएको सेनाले जनाएको छ। 

बिएलएफ बालोचिस्तानमा सुरक्षाकर्मी, राजनीतिक नेता तथा सञ्चारकर्मीमाथि गरिएका आक्रमण गर्ने सक्रिय प्रतिबन्धित समूह हो। रासस/सिन्ह्वा 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell