PahiloPost

Jun 24, 2026 | १० असार २०८३

यादवले भने, छातीमा हात राखी अन्तरात्माको आवाज सुनेर भोट हाल्नुस्



पहिलोपोस्ट

यादवले भने, छातीमा हात राखी अन्तरात्माको आवाज सुनेर भोट हाल्नुस्

सप्तरी : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनका सहिदहरुलाई सम्झेर भोट हाल्न आम जनतालाई अनुरोध गरेका छन्।

महदेवा गाउँपालिका वडा न. ६, ढिकुलीमा शनिबार फोरम नेपाल र राजपाको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले भोटको सही उपयोग गर्न मतदातालाई आग्रह गरेका हुन।

'भोट हाल्ने बेला छातीमा हात राखेर सहिदलाई सम्झिनुस, अनि अन्तर आत्माको आवाज सुनेर मधेश गठबन्धनलाई भोट हाल्नुस'- चुनाव प्रचारमा रहेका अध्यक्ष यादवले भने।

मधेशको शोषक तीन ठूला दल भएको टिप्पणी गर्दै यादवले चुनाव मधेश समर्थक र विरोधीबीचको लडाई भएको स्पष्ट परे। 'यो सामान्य चुनाव होइन, मधेश आन्दोलनका पक्षधर र मधेशका विरोधीबीचको संघर्ष हो'- उनले भने।

सप्तरी क्षेत्र न. २ का प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार यादवले सप्तरीको विकास र समृद्धिको लागि आफ्नो जन्मभूमिबाट उम्मेदवार दिएको प्रष्ट पारे।

कार्यक्रममा राजपाका केन्द्रीय उपाध्यक्ष शेखर यादव, फोरम नेपालका तर्फबाट सप्तरी क्षेत्र न. २ को (ख) का उम्मेदवार शैलेन्द्र साह लगायतको उपस्थिति थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell