शनिबार बिहान ८ बजे ।
शंखमुलको याता पौः मार्गमा आफ्नो निजी सवारीबाट ओर्लेर प्रकाशमान सिहंले थाले घरदैलो। उनका साथमा प्रदेश नम्बर १ ख का उम्मेदवार सुरजचन्द्र लामिछाने, समानुपातिक उम्मेदवारहरु कल्याणी रिजाल, राजेन्द्र गुरुङ, रवि श्रेष्ठ र शान्ता ढकाल पनि थिए।
काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहेका सिंहका अघिपछि कार्यकर्ताको लाम थियो। कांग्रेसको चुनावी गीत बजाउँदै सानो भ्यान विस्तारै गुड्दै थियो। सानो स्पिकरमा कांग्रेसका उम्मेदवारलाई जिताउन अनुरोध गर्दै चुनावी गीत बज्दै थियो।
अर्को सानो माइकमा ‘भूत, भविष्य र वर्तमान, एक नम्बरमा प्रकाशनमान’ भन्ने नारा लागिरहेको सुनिन्थ्यो।
.JPG)
चुनावी जुलुसअघि बढेपछि प्रकाशमानले मुस्काउँदै छततिर हेर्दै नमस्कार गर्न थाले। हात हल्लाउन थाले, पुरानै शैलीमा।
त्यसपछि प्रकाशमान भित्री सडकतिर पसे। पहिलो रातो घर, गेट आधी खुल्ला थियो। घर धनीले उनलाई घरभित्रै स्वागत गरे। अनि आँगालो हालेर विजयको शुभकामना दिए।
अर्को घरको छतबाटै नमस्कार आयो। प्रकाशमानले सडकबाटै नमस्कार फर्काए। यसरी नै उक्त सडकभित्र प्रकाशमानलाई स्वागत गर्नेहरु देखिए। भित्री सडकबाट बाहिर निस्केपछि शाखा सडक हुँदै शंखमुलको मुख्य सडकतिर निस्कियो चुनावी जुलुश।
जुलुशको पछिपछि उनलाई छतबाटै नमस्कार गर्नेहरु देखिए। उनी आँखा तन्काउँदै छततिर हेर्दै नमस्कार गर्दै अगाडि बढेरहे।
८:३० बजे जुलुस पाटन जाने शंखमुल पुल छेवैबाट दाहिनेतिर मोडियो।
पहिलो घरमै उनलाई नमस्कार गर्दै एकजना महिला मतदाताले शुभकामना दिइन्। मत दिने वचन पनि दिइन्। प्रकाशमानले मतदातालाई धन्यवाद दिँदै भने, ‘केही गर्नुछ, सुझाव छ भने भन्नुहोला।’
'हस्' भन्दै महिला मतदाता हतारिँदै बिदा भइन्। यता उम्मेदवार सिंहलाई पनि हतारो थियो।
कार्यकर्ता ‘यतायता’ भन्दै सिंहलाई बोलाउन थालिसकेका थिए। त्यसपछि उनी अर्कै घरतिर लागे।
सेतो ज्याकेट लगाएका एक अधवैंशेले उनलाई ‘भावि प्रधानमन्त्री’ भन्दै अँगालो मारे। उनी रहेछन् नारायणप्रसाद पोखरेल। हामीले पोखरेललाई सोध्यौं– 'भावी प्रधानमन्त्री बन्नको लागि उहाँ योग्य हुनुहुन्छ त?'
.JPG)
पोखरेलले भने– 'उपप्रधानमन्त्रीसमेत बनिसक्नुभएको व्यक्ति हुनुहुन्छ उहाँ, केही कुरामा कमी छैन, त्यसैल भावी प्रधानमन्त्री बनोस् भन्ने मेरो शुभेच्छा हो।’
९ बजे एकजना नेपाली टोपी लगाएका वृद्धले सिंहसँग आक्रोश पोख्दै भने – 'म कांग्रेसको मान्छे हो। तर पाँच वर्ष भयो तपाईँलाई जिताएर पठाएको, हामीलाई चिन्नुभएन। भित्र कुरा गर्नुछ।'
यति भन्दै उनले सिंहलाई घरभित्र तानेर लगे। उनले आफ्नो परिचय दिए र सिंहसँगै फोटो खिचेर भोट पक्का दिने बचन दिँदै बिदा भए।
९.३० बजे।
एक घरमा निकै बेर अल्मलिए उम्मेदवार सिंह। र्यालीमा सहभागी कार्यकर्ता ढिला भएको भन्दै गुनासो गर्दै थिए। सिंह भने माथिल्लो तल्लामा सगुन ग्रहण गर्न व्यस्त थिए। आफुलाई गणेशमानको साथी बताउने प्रेम श्रेष्ठले प्रकाशमानलाई टीका लगाउँदै जितको शुभकामना दिए। र, सगुन खुवाए।
सगुनमा ऐला(रक्सी) र अन्डा थियो। सिंहले पहिले अन्डा टोके र त्यसपछि ऐला स्वाट्ट पारे।
‘गणेशमानको चुनावमा पनि उहाँको फोटो बोकेरै प्रचारमा हिँडे, अहिले गणेशमान पुत्र चुनावमा उठ्नु भएको छ, हामीलाई एकदम खुशी लागेको छ, उहाँको जित होस् भनेर सगुन खुवाएको हुँ,’ श्रेष्ठले भने ।
१० बज्दै गर्दा कार्यकर्तामात्र हैन प्रकाशनमान आफैं पनि थाकेको देखिन्थ्यो। त्यसपछि उनी सानो पर्खालमा टुसुक्क बसे।
एकैछिनमा ‘दाइ यता घरको मान्छे बाहिर निस्कनुभयो,’ भनेर सिहंलाई उठाइहालियो। उनले आराम गर्नै पाएनन्।
.JPG)
घरदैलो कार्यक्रमको अन्त्यमा हामी उम्मेदवार सिंहलाइ कतिको थाक्नुभयो भनेर सोधेका थियौँ। 'मतदाताको माया पाएँ, थकाइ भाग्यो,' सिंहको उत्तर थियो।
शनिबारको दिन पारी बिहानै घरदैलोमा पुगेका सिंहलाई स्वागत गर्ने प्रशस्त देखिए। उनलाई धेरैले त घरभित्रै लगेर स्वागत गरे।
११ बज्नै लाग्दा कांग्रेस कार्यकर्ताकै घरमा चियापान आयोजना भयो। उक्त चियापानमा पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिएर सिंहले बिहानको घरदैलो टुंग्याए।
करिब ५०० घर रहेको वडा नम्बर ३१ मा तीन घन्टामा ३ सय ५० घरमा पुगेको उनका प्रेस सहयोगी युपी लामिछानेले जानकारी दिए।