PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

रामचन्द्र पौडेल चढेको गाडीमाथि बम प्रहार, हतोत्साही भएकाले आक्रमण गरे : पौडेल



पहिलोपोस्ट

रामचन्द्र पौडेल चढेको गाडीमाथि बम प्रहार, हतोत्साही भएकाले आक्रमण गरे : पौडेल

काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल चढेको गाडीमाथि तनहुँको भानुमा कुकर बम प्रहार भएको छ। गोर्खामा प्रचारको कार्यक्रम सकेर तनहुँ फर्किँदै गर्दा पौडेललाई लक्षित गरी प्रहार गरिएको हो। 

'चुनावमा हतोत्साही भएकाहरुले आक्रमण गरेका हुन्,' पौडेलले घटनालगत्तै प्रतिक्रिया दिँदै भने, 'यस्तो आतयायी घटना लोकतन्त्र कमजोर बनाउनका लागि भएको हो।'

आज दिउँसो ३ बजेको समयमा पौडेललाई लक्षित गरी बम प्रहार भएको हो। पौडेल चढेको गाडीको सिसा फुटेको छ भने कुनैपनि खालको मानवीय क्षति भएको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell