PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

प्रधानमन्त्रीले भने– लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई जिताउनुस्



पहिलोपोस्ट

प्रधानमन्त्रीले भने– लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई जिताउनुस्

बाजुरा :  प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले जनताको अधिकारलाई रक्षा गर्न नसक्ने बताएका छन्। 

बाजुरामा पार्टीको चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई जिताउन मतदातालाई आग्रह गरे।

प्रधानमन्त्रीले भने,‘लोकतन्त्रको रक्षा नभए जनताको अधिकार सकिन्छ, त्यसैले लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई जिताउनुपर्छ।’

कांग्रेस लोकन्त्रको रक्षाको गर्ने पार्टी भएकाले अबको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसलाई जिताउन आग्रह गर्दै देउवाले आफू फेरि प्रधानमन्त्री भएपछि सुदूरपश्चिमको विकासका लागि लागिपर्ने प्रतिवद्धता व्यक्त गरे।  

थुप्रै सम्भावना बोकेको बाजुराको विकास र समृद्धिका लागि कांग्रेस बाहेकको विकल्प नभएको उल्लेख गर्दै उनले मार्तडी थामलेख सडक कालोपत्रे गर्ने आश्वासन दिए। 

प्रधानमन्त्री देउवाले बाजुरावासीलाई उज्यालो बाजुरामा सहभागी गराउने र स्वास्थ्यको पहुँचमा पुर्याउने उल्लेख गर्दै कांग्रेस नेतृत्वको वर्तमान सरकारले बाजुराको सडक, शिक्षा, स्वास्थ्य र विद्युत्लाई बढी प्रथामकिता दिएको बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell