PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

संकटालाई हराउँदै फ्रेण्ड्स चन्द्रागिरी गोल्डकपको फाइनलमा



पहिलोपोस्ट

संकटालाई हराउँदै फ्रेण्ड्स चन्द्रागिरी गोल्डकपको फाइनलमा
फोटो : एनएसजेएफ

काठमाडौं : सिएमजी क्लब संकटालाई स्तब्ध पार्दै एनआइविएल फ्रेण्ड्स क्लब प्रथम चन्द्रागिरी गोल्डकपको फाइनलमा प्रवेश गरेको गरेको छ।

नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा शनिबार भएको पहिलो सेमिफाइनलमा फ्रेण्ड्सले संकटालाई १–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

प्रतिस्पर्धात्मक खेलमा फ्रेण्ड्सलाई जित दिलाउन विदेशी खेलाडी सेअङले दोस्रो हाफमा निर्णायकक गोल गरे।

७०औं मिनेटमा संकटाका सजित थापाले रुमेश बर्तौलालाई लडाएपछि प्राप्त फ्रिकिकमा फ्रेण्ड्सले गोल गरेको हो। सेअङले करिव २५ यार्ड टाढाबाट गरेको सशक्त प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले रोक्ने कुनै मौका नै पाएन। 

खेलको अन्त्यतिर गोल गर्ने तीन सुन्दर मौका गुमाउँदा एक साताअघि नवलपरासीको कोल्हुवामा भएको राइनो संराक्षण गोल्डकपको च्याम्पियन बनेको संकटा सेमिफाइनलबाटै बाहिरिन पुग्यो।

फ्रेण्ड्सका गोलकर्ता सेअङ खेलको म्यान अफ दि म्याच घोषित भए। उनले ३ हजार रुपैया प्राप्त गरे।

प्रतियोगिता अन्तर्गत आइतबार हुने दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ। यस खेलको विजेताले मंगलबार फ्रेण्ड्ससँग उपाधिका लागि खेल्नेछ।

नैकापको ब्राइट युथ क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले ५ लाख तथा दोस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। यस्तै उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार हात पार्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell