PahiloPost

Jun 24, 2026 | १० असार २०८३

भारतकी मानुसी छिल्लरले जितिन् मिस वर्ल्ड २०१७ को ताज

भारतकी मानुसी छिल्लरले जितिन् मिस वर्ल्ड २०१७ को ताज

पहिलोपोस्ट /पहिलोपोस्ट


भारतकी मानुसी छिल्लरले मिस वर्ल्ड २०१७ को ताज जितेकी छिन्। चीनको सान्यामा शनिबार भएको प्रतिस्पर्धाको अन्तिम राउण्डमा इंगल्याण्ड, फ्रान्स, मेक्सिको र केन्याकी सुन्दरीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन्।

भारतीय सुन्दरीले मिस वर्ल्डको ताज जितेको यो छैटौँ पटक हो भने सन् २००० यता पहिलो पटक हो। भारतबाट सन् १९६६ मा रेइता फरिया, १९९४ मा ऐश्वर्य राय, १९९७ मा डाएना हेडन, १९९९ मा युक्ता मोखे र २००० मा प्रियंका चोपडाले मिस वर्ल्डको ताज पहिरिएका थिए।

मेक्सिकोकी आन्द्रे मेजान फस्ट रनरअफ र इंगल्याण्डकी स्टेफेनी हिल सेकेण्ड रनरअफ भइन्।

मिस नेपाल निकिता चाण्डक भने टप ४० बाट अगाडि बढ्न सकिनन्।

टप ५
टप १०


ट्रेन्डिङ पोस्ट

Ncell