PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

नर्थ लण्डन डर्बीमा टोटनहम विरुद्ध आर्सनलको शानदार जित



पहिलोपोस्ट

नर्थ लण्डन डर्बीमा टोटनहम विरुद्ध आर्सनलको शानदार जित

प्रिमियर लिग अन्तर्गत शनिबार भएको नर्थ लण्डन डर्बीमा आर्सनलले टोटनहम हट्सपरलाई २-० ले पराजित गरेको छ। घरेलु मैदान एमिरेट्स स्टेडियममा आर्सनलले दुवै गोल पहिलो हाफमा गरेको हो।

आर्सनललका लागि स्कोदार्न मुस्ताफीले मेसुट ओजिलको फ्रिकिकमा हेडमार्फत ३६औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए।

त्यसको पाँच मिनेटपछि एलेक्स सान्चेजले एलेक्जन्डर लाजकेटको क्रसमा 'गनर्स'का लागि दोस्रो गोल गरे।

जितपछि १२ खेलबाट २२ अंक जोडेको आर्सनल पाँचौ स्थानमा उक्लेको छ। हारका बावजुत पनि २३ अंक रहेको टोटनहम तेस्रो स्थानमा यथावत छ।

प्रिमियर लिग अन्तर्गत शनिबारै अन्य ७ खेल हुँदैछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell