PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

गगन थापाले गरे क्षेत्र नं ४ मा गरेका विकास दस्तावेज सार्वजनिक, ५ अर्ब भन्दा बढी रकम विनियोजन गरेको दावी



पहिलोपोस्ट

गगन थापाले गरे क्षेत्र नं ४ मा गरेका विकास दस्तावेज सार्वजनिक, ५ अर्ब भन्दा बढी रकम विनियोजन गरेको दावी

काठमाडौँ :  नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका लागि काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार गगनकुमार थापाले आफू सांसद हुँदा गरेका विकास निर्माणको विवरण सार्वजनिक गरेका छन्। 

विसं २०७० को संविधानसभा निर्वाचनमा निर्वाचित भएपछि आफूले गरेका कामको सम्पूर्ण जानकारी थापाले आफ्ना मतदातालाई दिएका छन्। 

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले सार्वजनिक गरेको विकास दस्तावेजमा आफ्नो निर्वाचन क्षेत्र नं ४ मा सडक विस्तार र सुधारमा मात्रै पाँच अर्ब भन्दा बढी रकम विनियोजित भएको उल्लेख गरिएको छ। 

उनले भने, “चार वर्षसम्म यस क्षेत्रको जनप्रतिनिधि भएर मेरो प्रयासमा यस क्षेत्रको सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, खेलकुद, धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षणमा भएका काम र विनियोजित बजेटबारे मतदातालाई जानकारी गराएको छु।” 

काठमाडौँ क्षेत्र नं ४ को सडक निर्माणमा मात्र पाँच अर्बसहित अन्य विकासका लागि अर्बौं रुपैयाँ विनियोजित भई निर्माण कार्य अघि बढेको दस्तावेजमा उल्लेख छ। 

थापाले धोबीखोला करिडोरको गोपीकृष्णसम्म कालोपत्र गर्न र गोपीकृष्णदेखि चुनीखेल भद्रकालीसम्म ट्र्याक खोल्न करिब एक अर्ब विनियोजन भएर काम भइरहेको जानकारी दिए । थापाका अनुसार काठमाडौँ क्षेत्र नं ४ मा सानाठूला गरी १५६ वटा योजना सञ्चालनमा रहेका छन्। 

दस्तावेजमा सडक योजनाअन्तर्गत काठमाडौँ–४ मा सुन्दर बस्ती सडकका लागि २८ करोड आठ लाख ६९ हजार विनियोजन भएर निर्माणको काम भइरहेको उल्लेख छ। 

त्यसैगरी, धोबीखोला करिडोरअन्तर्गत शंखमुलदेखि गोपीकृष्ण, कालोपुलसम्म करिब ३५ करोड, गोपीकृष्णदेखि उत्तरतर्फ चुनिखेल भद्रकालीसम्म दायाँबायाँ पर्खाल लगाउन र ट्र्याक निर्माण गर्न ६० करोड रहेको छ । 

कपन कृष्णमन्दिर–चुनिखेल–पौराणिक मार्गमा एक करोड, आनिगुम्बा–कृष्णमन्दिर उकालो ढलानमा एक करोड, कपन खरिबोट–पैयुँटार–शहिद पार्क सडकमा  एक करोड लागतमा निर्माण भइरहेको थापाले जानकारी दिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell