
एक गोलले पछि परेको स्थिती उल्टाउँदै म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा न्यूकासललाई ४-१ ले पराजित गरेको छ।
खेलको १४औँ मिनेटमै गोल खाएर पछि परेको युनाइटेडले पुनरागमन गर्दै जित हासिल गरेको हो।
ओल्ड ट्राफोर्डमा ड्वाइट गेलले गोल गर्दै न्यूकासललाई अग्रता दिलाएका थिए। तर एन्टोनी मार्सियल रक्रसि स्मलिङले गोल फर्काउँदै पहिलो हाफमै युनाइटेडलाई २-१ को अग्रता दिलाए। यस्ते दोस्रो हाफमा उपल पोग्वा र रोमेलु लुकाकुले गोल गर्दै युनाइटेडलाई जित दिलाए।
चोटबाट फर्केको पहिलो खेलमै पउल पोग्वाले गोल गर्नुका साथै एक गोलका लागि सहयोग समेत गरे।
जितपछि १२ खेलबाट २६ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा उक्लेको छ। समान खेलबाट ३४ अंक रहेको म्यानचेष्टर सिटी शीर्ष स्थानमा छ।