
स्पानिस ला लिगा अन्तर्गत गएराती भएको मड्रिड डर्बी खेल गोलरहित बराबरीमा सकिएको छ। बराबरीले शीर्ष स्थानको बार्सिलोना र दोस्रो स्थानको भ्यालेन्सियालाई फाइदा पुगेको छ।
बराबरीपछि १२ खेलबाट दुबै मड्रिड क्लबको समान २४ अंक छ भने गोल अन्तरमा रियल अगाडि रहदै तेस्रो स्थानमा छ। जुन शीर्ष स्थानको बार्सिलोनाभन्दा १० अंकले पछि हो। यस्तै एक खेल कम खेलेको भ्यालेनसिया २७ अंकका लागि दोस्रो स्थानमा छ।
यता सेल्टा भिगोलाई २-१ ले पराजित गर्दै सेभिया पाँचौ स्थानमा उक्लेको छ। म्याक्सिमिलियानो गोमेजको गोलमा सेल्टा पहिले अग्रता लिएपछि सेभियाका लागि लुइस मुरियल र नोलिटोले गोल गर्दै जित दिलाएका हुन्।
जितपछि सेभियाको १२ खेलबाट २२ अंक भएको छ।