PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

प्रकाशको असामयिक निधनले स्तब्ध भएको छु -बाबुराम भट्टराई



पहिलोपोस्ट

प्रकाशको असामयिक निधनले स्तब्ध भएको छु -बाबुराम भट्टराई

काठमाडौँः पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रकाश दाहालको निधनमा गहिरो शोक व्यक्त गरेका छन्। प्रकाश जनयुद्धकालीन पूर्व सहयोद्धा एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका एकमात्र छोरा हुन्।

माओवादीबाट अलग भइ नयाँ शक्ति पार्टी निर्माण गरेका बाबुराम चुनाव प्रचारका क्रममा गोरखामा छन्। प्रकाशको निधनपछि भट्टराईले ट्विट लेख्दै दुःख व्यक्त गरेका हुन्।

ट्विटरमा उनले लेखका छन् ‘पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका सुपुत्र प्रकाश दाहालको अल्पायुमै आकस्मिक निधनले स्तव्ध र मर्माहत भएको छु। मृतकप्रति हार्दिक श्रदाञ्जली र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell