PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

प्रकाश दाहालको निधनले मर्माहत भएको छु : प्रधानमन्त्री देउवा



पहिलोपोस्ट

प्रकाश दाहालको निधनले मर्माहत भएको छु : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रकाश दाहालको निधनलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले दु:ख प्रकट गरेका छन्। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको आज बिहान निधन भएको हो।

देउवाले आफ्ना मित्रका छोराको अल्पायुमै निधन भएको खबरले मर्माहत भएको जनाएका छन्। ट्विट गर्दै देउवाले परिवार र आफन्तजनप्रति समवेदना प्रकट गरे। 

उनले लेखेका छन् – "पूर्व प्रधानमन्त्री एवं मेरा मित्र पुष्प कमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खवरले मर्माहत भएको छु। मृतकप्रति हार्दिक श्रद्घान्जली र शोकाकुल परिवारजनलाई यस दुखद घडिमा हार्दिक समवेदना व्यक्त गर्दछु।"
  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell