PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

पुत्रशोकमा परेका प्रचण्ड पुगे नर्भिक अस्पताल



पहिलोपोस्ट

पुत्रशोकमा परेका प्रचण्ड पुगे नर्भिक अस्पताल

काठमाडौँः पुत्रशोकमा परेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भर्खरै नर्भिक अस्पताल पुगेका छन्। छोरा प्रकाशको निधन भएपछि दाहाल आजै चुनाव प्रचारको कार्यक्रम छाडेर झापाबाट काठमाडौँ फर्किएका हुन्। प्रचण्डसँगै रेणु दाहाल पनि सँगै नर्भिक अस्पताल पुगेकी छन्। 

यसअघि प्रकाश पत्नीद्वय सृजना त्रिपाठी र बिना मगर अस्पताल पुगिसकेका छन्। पतिको निधनको खबरले सृजना बेहोस भएकी छन्। 

दाहालका चार सन्तानमध्ये छोरी ज्ञानुको क्यान्सरबाट निधन भइसकेको छ। छोरा प्रकाशको पनि ३६ वर्षको उमेरमा अल्पायुमै निधन भएको हो।

नर्भिक परिसरमा अहिले माओवादी केन्द्रसहित, एमाले र कांग्रेस नेताहरुको समेत उपस्थिति छ। शुभचिन्तक, आफन्त तथा सर्वसाधरणको नर्भिक अस्पताल परिसरमा भीड लागेको छ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell